भेरी अस्पतालको कोभिड वार्डमा तोडफोड, उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

|

नेपालगन्ज / नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा विरामीको आफन्तहरुले लफडा मच्चाएका छन् । संक्रमित विरामीका आफन्तहरुले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् ।

स्वास्थ्यकर्मीमाथि हातपात गर्दै वितण्डता मच्चाएपछि एकजना नर्सले पहिलो तलाबाट हामफालेर ज्यान जोगाएकी छिन् । गम्भीर अवस्थाका एकजना विरामीलाई स्वास्थ्यकर्मीहरुले भेन्टिलेटरमा राखेर उपचार सुरु गरेका थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको थियो । त्यही केशलाई लिएर विरामीका आफन्तहरुले भेन्टिलेटरमा राखेर विरामी मारेको भन्दै, आईसीयू डिउटीमा खटिएका चिकित्सक र नर्समाथि हातपात गरेका थिए ।

२०७८ जेष्ठ १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।