सहयात्री नेपाल तथा बिन्दु कुवंर समूहद्वारा नरैनापुरमा सेनेटरी प्याड बितरण

|

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका आगलागी बाट प्रभावित भएका बिशेष गरि महिला किशोरी तथा बालिकाहरुको स्वास्थ्यलाई मध्य नजर गरि सहयात्री नेपाल तथा बिन्दु कुंवर समुहको आयोजनामा सेनेटरी प्याड बितरण गरिएको छ । सहयात्री नेपाल , बिन्दु कुवंर समूहका सम्पुर्ण सदस्य मो. सल्मान सल्मानी , स्वेता गुरुङ , अंन्जना चतुर्बेदी , राजेन्द्र बिष्ट , पर्शुराम बारि , ऋतिक शाही , देवा बहादुर क्षेत्री, अरुणा गुरुङ , सपना परियार एवम् वडा नम्बर ४ का वडा अध्यक्ष मो. सफिक बेहेना र वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमालले प्याडका लाई आर्थिक सहयोग सहयोग गरेको हो भने उक्त बितरण कार्यमा आवात जावातका लागि वाहान जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर राना र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काले सहयोग गर्नु भएको थियो ।

शनिबार अपरान्ह भएको आगलागी पिडित पुर्ण क्षति भएका ६९ घरका १२० जना महिला किशोरी तथा बालिकाहरुलाई महिनावारीको समयमा हुने समस्या समाधानका निम्ति एकजनालाई ३ ओटाको परिमाणले प्याड बितरण गरिएको थियो ।

२०७७ चैत्र ३०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।