मोबाइल पड्किँदा महिला घाइते

|

भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते भएकी छन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीया शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको छ । घाइते तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ चैत्र २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।