बाल संरक्षण कार्यबिधि अभिमुखीकरण सम्पन्न

|

जुम्ला / प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्ला द्धारा संचालित बाल प्रत्याभुत संचार तथा प्रत्याभुत परियोजना अन्तरगत हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकाका बाल अधिकार समितिका पदाधिकारीहरुलाई राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा बाल अधिकार संरक्षण तथा प्रवर्द्धन सम्वन्धी कार्यविधि २०७७ को मस्यौदा तयारी वैठक तथा कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

उक्त गोष्ठी तथा अभिमूखीकरण कार्यक्रम हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष, उपाध्य, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पुर्ण कार्यपालिकाका सदस्य र शाखा प्रमुखहरुको सहभागितामा ३ वटै गाउँपालिकाको बाल अधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी कार्यविधि २०७७ को मस्यौदा तयार गरिएको छ ।

गोष्ठीले कार्यविधिको मस्यौदालाई स्वीकृतिका लागि यथाशीघ्र प्रक्रिया आगाढी वढाउने, तत्काल बालकोषको स्थापना गरी प्रत्येक पालिकाको स्थापना गरिएको बाल कोषको खातामा रु ४०००० हजारका दरले क्याडको तर्फबाट उपलब्ध गराउने र हिमा गाउँपालिकाले ६,५०००० र कनकासुन्दरी गाउपालिकाले रु १५०००० बाल कोषमा जम्मा गर्ने गरी तत्काल बाल कोषको स्थापना गर्ने र स्पष्ट कार्यविवरण सहित बाल कल्याण अधिकारी तोक्ने निर्णय गरिएको क्याड नेपालका परियोजना संयोजक सोमराज जिसी बताउनुभयो ।

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।