काठमाडौं / जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन एव बाँकेका पुर्व कोरोना फोकल पर्सन नरेश श्रेष्ठ कोभिड-१९ हिरो घोषित हुनुभएको छ ।
देशभर कोरोना महामारीको त्रास फैलिरहेको बेला बाँके जिल्लामा दिनरात खटेर कोरोनाको रोकथाम तथा नियन्त्रणमा उत्कृष्ठ कार्य गरेको भन्दै श्रेष्ठलाई कोभिड-१९ हिरो घोषित गरिएको हो ।
कोरोना त्रासदीका बीच खटिने श्रेष्ठसहित जलेश्वर अस्पताल महोतरीका स्टाफ नर्स चण्डीका अधिकारी र धनगडी उपमहानगरपालिका कोभिड-१९ फोकल पर्सन लक्ष्मी राज उपाध्यायलाई पनि कोभिड हिरो घोषित गरिएको छ ।






