विपद् व्यवस्थापन तथा नीतिगत पुनरावलोकन सम्वन्धी गोष्ठी सम्पन्न

|

नेपालगन्ज / भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले केयर नेपालको साझेदारीमा सन्चालित मानवीय सहयोग साझेदारी प्रवद्र्धन मन्च परियोजना अन्र्तगत मानवीय प्रतिकार्यमा आधारित विपद् व्यवस्थापन तथा नीतिगत पुनरावलोकन सम्वन्धी २ दिने कार्यशाला गोष्ठी नेपालगन्जमा सम्पन्न भएको छ ।
सो कार्यशाला गोष्ठीका प्रशिक्षक बिष्णु प्रसाद तिमिल्सनाले विपद् व्यवस्थापन र उत्थानशीलता परिचय, नेपालमा विपदको अवस्था, विकास र विपद बीचको अन्तरसम्वन्ध र मूलप्रवाहीकरण, विपद व्यवस्थापनमा सम्वन्धी अन्तराष्ट्रिय पहल तथा राष्ट्रिय व्यवस्थाहरु स्फियरका आधारभूत सिद्धान्तहरु (मानवीय वडापत्र, संरक्षण सिद्धान्त र मूलभूत मानवीय मापदण्डहरु), प्रतिकार्यको अवस्थामा पानी आपुर्ति सरसफाई तथा स्वास्थ्य प्रवद्र्धन सम्वन्धी स्फियर मापदण्ड,प्रतिकार्यको अवस्थामा खाद्य सुरक्षा तथा पोषण सम्वन्धी स्फियर मापदण्ड र प्रतिकार्यको अवस्थामा आवास सम्वन्धी स्फियर मापदण्ड बारे प्रशिक्षण गर्नुभएको थियो ।

सो कार्यशालामा बी–ग्रुपका पदाधिकारीहरु अध्यक्ष राज कुमार क्षेत्री, सचिव टेक बहादुर पुन, निर्देशक डम्मर सुनार, कार्यक्रक संयोजक प्रकाश शर्मा लगायत कर्मचारीहरुको सहभागिता रहेको बी–ग्रुपका कार्यक्रम अधिकृत लोचना भुसालले जानकारी दिनुभयो । सो गोष्ठीको समापनमा बोल्नु हुदै संस्थाका सचिव टेक बहादुर पुनले आगामी दिनमा संस्थाले विपत ब्यवस्थापन नीति बनाई अघि बढने प्रतिबद्धता जनाउनुभएको छ ।

 

२०७७ चैत्र ९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।