कोरोना संक्रमण फेरि बढ्न सक्छ : स्वास्थ्य मन्त्रालय

|

काठमाडौं । पछिल्लो समय छिमेकी भारत लगायतका विभिन्‍न मुलुकहरुमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमण बढ्न सक्ने जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा संक्रमण बढ्न सक्ने अवस्थालाई अवस्थालाई मध्यनजर गर्दै सभा, जुलुस, गोष्ठी नगर्न आग्रह गरेको छ । विशेषगरि पुस ५ गते संसद् विघटनपछि देशभर सभा, जुलुस, सेमिनार लगायतका गतिविधिहरु बढिरहेका छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही हप्तादेखि विश्‍वभर खासगरि छिमेकी देशहरुमा कोभिड(१९ को संक्रमण बढ्दो क्रममा देखिएका छ । नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जनघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न हुन हार्दिक अनुरोध छ ।”

त्यसैगरि सामाजिक र भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत मन्त्रालयबाट विगतमा जारी गरिएको अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पालना गरि कोभिड(१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

२०७७ चैत्र ८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।