बाल विवाह न्युनीकरण सम्बन्धि रणनीती कार्यशाला गोष्ठी सम्पन्न

|

बाँके / बालविवाह न्यूनिकरण अभियान सञ्चालन सम्बन्धि रणनीती निर्माणका लागि ३ दिने कार्यशाला गोष्ठी नेपालगन्जमा शनिबार सम्पन्न भएको छ ।
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा बाल विवाह न्युनीकरण सम्बन्धि रणनीति बनाउन सो गोष्ठीको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो । बालबिवाह रोकथाम परियोजना अन्तरगत जानकी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगन्ज उप–महानगरपालिकाका किशोरी र युवा क्लबका पदाधिकारीलाई लक्षित गरि सो गोष्ठीको आयोजना गरिएको हो ।

बाल बिवाह बिरुद्धको अभियानलाई सफल पार्नका लागि  किशोरी क्लब सञ्जाल, बाल क्लब सञ्जाल तथा सबै सरोकारवालाहरु एक जुट भएर कार्ययोजना तयार पार्नका लागि उक्त कार्यशाला आयोजना गरिएको स्याक नेपालका फिल्ड सुपरभाइजर अकलिम खानले जानकारी दिनुभयो ।

बाल विवाहका नेपालकमा रहेका कानुनी प्रावधान,मानव बेच विखन विरुद्ध, संविधानको विभिन्न धारा ऐन सम्बन्धि आदि विषयमा सहजकर्ता रविन मल्लले सहजीकरण गर्नुभएको थियो ।

२०७७ चैत्र ७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।