पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोभिड–१९ सङ्क्रमण पुष्टि

|

एजेन्सी / पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् । पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय सङ्क्रमण सरेको हुनसक्ने बताएका छन्।

कोभिड–१९ विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि उनलाई सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

२०७७ चैत्र ७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।