महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

|

काठमाडौं /  नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । सरकारको प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त हुनुभएको छ । वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई आजै महान्यायाधिवक्तामा नियुक्त गरेको शीतल निवास स्रोतले जनाएको छ । उहाँले आइतबार सपथग्रहण गर्नुहुने बताइएको छ ।अग्नि खरेलले आजै महान्यायाधिवक्ताको पदबाट राजीनामा गर्नुभएको थियो ।

२०७७ चैत्र ६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।