बर्दिया / बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरपालिकाको ९ वटै वडामा वडाका जनप्रतिनिधिहरु,बालक्लवका पदाधिकारीहरु, शिक्षकहरु, स्वास्थ शाखा प्रमुख तथा महिला स्वास्थस्वयंमसेविकाहरु,प्रहरीहरु, वडाका आमासमुहका पदाधिकारी तथा वुद्दिजिवी सरोकारवालाहरुलाई १ दिने बालमैत्री स्थानीय शासन सम्बन्धी सचेतनामुलक अभियान सम्पन्न भएको छ ।
स्थानीयस्तरका सबै क्षेत्र र तहहरुको नीति, संरचना, कार्यप्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराई बालबालिकाको सम्पुर्ण अधिकारलाई संरक्षण गरि प्रत्येक वडालाई बालमैत्री वडा वनाई सिंगो नगरपालिकालाई नैै बालमैत्री नगर घोषणा गर्ने उद्देश्यले सञ्चालित अभियानको सहजिकरण ऋतिक शाही, आशिष वर्मा, सुरेन्द्र चलाउने, श्वेता गुरुङ र राजेन्द्र विष्टले गर्नुभएको जानकारी बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाको सहायक महिला विकास निरिक्षक भगवती ढकालले बताउनु भयो ।
बाँसगढी नगरपालिकालाई छिट्टै नै बालमैत्री वडा घोषणा गर्ने लक्ष्य लिई फागुन महिनादेखि विभिन्न अभियान सन्चालन गरेको छ ।






