नेपाल पत्रकार महासंघको चैत २५ गते चुनाव हुने

|

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि यही चैत २५ गते चुनाव हुने भएको छ । यसपटकको निर्वाचनमा महासंघका सबै साधारण सदस्यहरुले मतदान गर्दैछन् ।
महासंघको आज उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति घोषणा गरेको हो ।
इतिहासमै पहिलोपल्ट महासंघको चुनाव प्रत्यक्ष चुनाव प्रणालीबाट हुन लागेको हो । त्यसका लागि जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले खुलानेपाललाई जानकारी दिनुभयो । बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।
फागुन ५ गते महाधिवेशन भएको महासंघले प्राविधिक तयारी नपुग्दा चुनाव भने पछिलाई सारेको थियो ।

२०७७ चैत्र ४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।