पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

|

बर्दिया / पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक महिलाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले मारेको हो । मङ्गलबार दिउँसो निउरो टिप्न निकुञ्जमा गएका बेला डल्लीलाई पाटेबाघले झम्टेर लगेपछि उनको खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको छ । उनीसँगै निउरो टिप्न गएका अन्य तीन महिला भने सकुशल छन् । यसअघि फागुन २६ गते बर्दियाको मधुवन नगरपालिका– ३, स्थित सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

२०७७ चैत्र ३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।