सामुदायिक अंक तालिका बारे अभिमुखीकरण सम्पन्न

|

बाँके/  युकेएडको आर्थिक सहयोग भिएसओ र ईन्टरनेशनल एलर्टको साझेदारीमा माहुरी होमद्धारा बाँके जिल्ला सन्चालित सहज परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका सेवाप्रदायक र सेवाग्राहीहरुलाई सामुदायिक अंक तालिका बारे अभिमुखीकरण प्रदान गरिएको छ ।

सो अभिमुखीकरणको सहजीकरण नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाह, माहुरी होम सहज परियोजनाका कार्यक्रम अधिकृत सुनिता पोखरेल र मनिषा गुरुङले गर्नु भएको थियो । सो अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सेवाप्रदायक र सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।

सो सामुदायिक अकं तालिका अभिमुखीकरणमा नेपालगन्जका सेवा प्रदायकहरुमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, कार्यपालिका सदस्यहरु,महिला तथा बालबालिका शाखा, जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी, न्यायिक समिति, वडा सदस्यहरु रहेका थिए भने सेवाग्राहीमा बालक्लबका पदाधिकारीहरुm किशोरी क्लबका पदाधिकारी, आमा समूह, युवा क्लबका पदाधिकार िर निगरानी समुहमा पदाधिकारीको सहभागिता रहेको थियो । सो अभिमुखकिरणमा आगामी दिनहरुमा कसरी कार्यक्रम सन्चालन गर्ने र कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल भएको माहुरी होमका साामाजिक परिचालक सरु हमालले बताईन् ।

२०७७ फाल्गुन २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।