बी–ग्रुपद्धारा नरैनापुरका अग्नि पीडितलाई राहत वितरण

|

बाँके /  भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले केयर नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा नं. १, सुइयाका अग्नि पीडितहरुलाई राहत वितरण गरेको छ । यहि फागुन २४ गते नरैनापुर गाउँपालिकामा भएको आगलागीका कारण प्रभावित भएका २५ घरधुरीलाई गाउँपालिकाले उपलब्ध गराएको प्रारम्भिक सूचनाका आधारमा सोही दिनमा राहत सहयोग उपलब्ध गराएको थियो ।


प्रति परिवार त्रिपाल–१ थान, म्याट्रेस–१ थान, डिग्निटी किट–१ सेट, ढक्कन सहितको प्लाष्टिक बाल्टी–१ थान एवम् चिउरा–५ किलोग्राम, चिनी–२ किलोग्राम, भुजा (फुरनदाना)–३ किलोग्राम र विस्कुट–५ प्याकेटका दरले २५ घरपरिवारलाई आगलागी भएको दिनको साँझ नै राहत सहयोग उपलब्ध गराएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो । ।

 

२०७७ फाल्गुन २६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।