वक्तृत्वकला प्रतियोगितामा ज्ञानोदय माबिका दिपशिखा भण्डारी प्रथम

|

खजुरा । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खजुरामा भएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा ज्ञानोदय माध्यमिक बिद्यालयका छात्रा दिपशिखा भण्डारी प्रथम भएकी छिन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रममा खजुरामा “महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” बिषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा ज्ञानोदय माध्यमिक बिद्यालयका छात्रा दिपशिखा भण्डारीले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा जनता माध्यमिक बिद्यालयका छात्रा करुणा खत्री द्धित्तिय, जनसेवा माध्यमिक बिद्यालयका छात्रा ममता सावत प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल भएकी छिन् । त्यसै भानु माविका छात्रा मन्तसा सल्मानीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएकी छिन् ।

प्रतियोगितामा बिजयी छात्राहरुलाई आ–आफनो सम्बन्धित विद्यालयका शिक्षकले पुरस्कार बितरण गर्नुभएको थियो । । बिजयीहरुलाई प्रथम, द्धित्तिय र तृतिय, सान्तवना क्रमश कापी १ दर्जन, १ थान डाइरी, १ दर्जन कलम र १० वटा कापी, १० वटा कलम र १ थान डायरी, ८ वटा कापी, ८ वटा कलम र १ थान डायरी वितरणण् गरिएका ेथियो । भने सान्त्वना बिजेतालाई पनि ५ वटा कापी, ५ वटा कलम र १ थान डाइरी पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितालाई निस्पक्ष बनाउन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्ल, प्राविधिक सहायक निर्मल रेग्मी र शिक्षक शान्ति कँडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको महिला दिवस मनाउन खजुरा गाउँपालिका, महिला तथा बालबालिका शाखाको आयोजना, शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय तथा भेरी वातावरणीय विशिष्टता समुह( बी–ग्रुप), अक्सफाम नेपाल र प्लान ईन्टरनेशनल नेपालको संयुक्त सहकार्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । यही मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खजुरा गाउँपालिकको वडा नंं ३ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभएको छ ।

२०७७ फाल्गुन २३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।