खजुरा गाउँपालिकाको वडा नं. ३ बालविवाह मुक्त वडा घोषणा हुदै

|

खजुरा / बाँकेको खजुरा गाउँपालिकाको वडा नं. ३ बालविवाह मुक्त घोषणा हुदैछ । खजुरा गाउँपालिका, वडा नं.३ र स्याक नेपाल लगायतका सामाजिक संस्थाहरुको सहकार्यमा सो वडा नं.३ लाई बालविवाह मुक्त वडा घोषणा यहि फागुन २४ गते गरिदै छ । बालविवाह मुक्त वडा घोषणा गर्नका लागि निरन्तर वडाका स्थानीय सरोकारवाला निकायसँग समन्वय बैठक, छलफल साथै घरदैलो कार्यक्रम गरि स्टिकर पनि टाँसिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) ले बाँके जिल्लामा बालविवाह रोकथाम परियोजना सन्चालन गरेको स्याक नेपालका फिल्ड सुपरभाईजर कल्पना आर्चायले जानकारी गराउनुभयो ।

वडा नं.३ का वडा अध्यक्ष अध्यक्ष कान्तुराम गौतमले समाजमा रहेको कुसंस्कारको रुपमा रहेको बालविवाह अन्त्यको लागि सबै मिलि लाग्नु पर्ने बताउनुभयो । महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले बालविवाहले गर्दा हिंसा बढिरहेकाले बाल विवाह रोक्नु पर्ने बताउनुभयो ।

लगनशील किशोरी क्लबकी अध्यक्ष मञ्जु थापा मगरले वडा नं. ३ लाई बालविवाह मुक्त समाज बनाउनको लागि स्थानीय सरकारले पहल गर्नु पर्ने बताईन् । फागनु २४ गते खजुराको वडा नं. ३ लार्ई बालविवाह मुक्त घोषणा गरिसके पछि बैजनाथ गाउँपालिकाको वडाहरु पनि बाल विवाह मुक्त वडा घोषणा गर्ने पनि तयारी रहेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।

२०७७ फाल्गुन २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।