कोरोनाको जन्म, न्वारण, कारण, प्रसारण र नियन्त्रण
–सरोज मोहन लामा तामाङ
कोरोनाको जन्म र न्वारण : अनुसन्धानकर्ताले सन् १९३७ मै कोरोना भाइरस पत्ता लागाएको रहेछ । अर्थात कोरोनाको जन्म भएको रहेछ । त्यो बेला मानिसलाई रुघाखोकी लगाउने भाइरसमध्ये राइनो भाइरस पछिको दोश्रो कारण सन् १९६० मा आईपुग्दा कोरोना भाइरस हो भनेर पत्ता लगाएको रहेछ । त्यस बेला देखिको नै अनुसन्धानबाट विश्वव्यापी रुघाखोकी मध्ये १० देखि ३० प्रतिशत कोरोना भाइरसको कारणले हुने गर्छ भन्ने कुरा पत्ता लगाएको थियो । चीनले २०१९ डिसेम्बर ३१ तारिखको दिन विश्व स्वास्थ्य संगठनलाई हुबेई प्रान्तको बुहानमा निमोनिया जस्तो लक्षण देखिने नयाँ विरामीहरुको संख्या बढेको कुरा जानकारी गराइएको थियो । त्यसबेला कोरोना महामारीको नाम कोरोना नै हो भनेर न्वारण गरेकै थिएन । जनवारी १ तारिखमा “हुनन सी फुड मार्केट” मा पहिलो पटक यो रोगको भाईरस संक्रमित व्यत्ति देखापरेको थियो । त्यसपछि जनवरी ९ तारिखसम्म आईपुग्दा यस रोगले पहिलोपटक १ जनाको ज्यान लिएको थियो ।
जनवारी २३ तारिखसम्मा आईपुग्दा यस रोगले सयौ/हजारौको संख्यामा ज्यान लिएर त्यतिकै संख्यामा संक्रमित भैसकेको थियो । त्यसबेलासम्म यस रोगले महामारीको रुप धारण गरी जन्म लिई विश्व स्वास्थ्य संगठनले यसलाई नोबेल कोरोना भाईरस (कोभिड–१९) नाम दिई न्वारण गरिसकेको थियो । कोरोना महामारी रोग मात्रै नभएर एक प्रकारको प्राकृतिक प्रकोप हो । त्यतिमात्रै नभई हामी मानव जाति र समाजको विबिध किसिमका सकरात्मक तथा नकरात्मक क्रियाकलाप, ज्ञान, चेतना, सोच, संस्कृति, संरचना, प्रणाली र व्यवहारहरुबाट सिर्जित प्रखोप पनि हो । मानव जाति र समाजको उल्लेखित कुराहरु नै यो कोरोना जस्ता महामारीहरु पृथ्वीमा बेलाबखत जन्म लिनुमा जिम्मेवार छन् । विश्वलाई आतंकित बनाउने महामारी कोरोना नै पहिलो भने होइन । यसभन्दा पनि अगाडि धेरै महामारीहरु संकटको रुपमा यस पृथ्वीमा जन्म लिएका थिएछन् । तथापि त्यसको नियन्त्रण पनि मानवजातिले नै सहकार्य र समन्वय गरी मानबकै ज्ञान र विवेकको माध्यमबाट गरेको थियो । अहिले पनि विश्वमा कोभिड–१९ ले दिएको महासंकटको नियन्त्रण र समाधान मानवजातिले नै गर्नेछन् ।
कारोना जन्मिनुको कारण र प्रसारण : भाइरसले परिवर्तनशील वातावरणमा आफूलाई अनुकुलित बनाइराख्नका निम्ति नयाँ–नयाँ गुणहरु भएका भाइरसका प्रजातिहरु उत्पादन गर्दछन्। तपाई हाम्रा वरिपरिका वातावरणमा कोरोना भाइरस हिजो देखि थिए, हुन्छन् । तर कतिखेर त्यसले प्रतिक्रिया देखाउछ, त्यो मात्र फरक कुरा रहेछ । सन् २००३ मा फैलिएको सार्स रोग (सार्स कोभ–१) नामक कोरोनाको नयाँ प्रजातिले मानिसहरुमा संक्रमण फैलिई धेरै मान्छेहरुको मृत्यु गराएको थियो । त्यसैगरी सन् २०१२ मा पनि यस रोगले मानिसहरुको ज्यान लिएको थियो । यो भाइरस सिभेट प्रजातिका बिरालोबाट मानिसमा पहिलोपटक प्रसारण भएको वा सरेको र चमेराहरुमा समेत यसको मुहान रहेको कुरा त्यो बेलै पत्ता लगाएको थियो । मानव सभ्यताको विकाससंगै मानवले प्रकृति, जीवन र समाजलाई भौतिकवादी दृष्टिकोणले वा पद, पैसा, प्रतिष्ठा, शरीर सुख आदि जस्ता भौतिक सुखको रुपमा मात्रै बुझ्न थाल्यो ।
त्यसैलाई जीवनको मुख्य लक्ष्य बनाउन थाल्यो, त्यहीँबाट संकट शुरु भयो कि आज देखा परिरहेको कोरोनाजस्तो महामारी उत्पतिको मूल कारण चाही हामी मानव जाति नै हो, भन्ने कुरा । पृथ्वीमा भएका प्राकृतिक श्रोतको दोहन र प्रकृतिमाथि मानवले दिएको अनेकौ यातनाका कारण सिंगो पर्यावरण चक्र बिग्रियो । जसका कारण आज सारा वनस्पति, जीवजन्तु र मानव जातिको जीवनचक्र खल्बलिएको छ । खानपानमा जीन तोडमोड गरिएका तथा हाइब्रिड वनस्पति र जनावरहरुको प्रयोग गर्न थाल्यौ । मानवका अप्राकृतिक जीवनशैलीका कारणले मानवजातिको रोग प्रतिरोधी क्षमता कमजोर भयो । त्यसो हुदाँ पारिस्थितिक प्रणालीमा असन्तुलन भई खल्बलिएको पर्यावरण तथा जीवनचक्रभित्र नयाँ–नयाँ रोगजन्य किटाणु भाईरसहरुको उत्पति वा जन्म भायो । त्यसबाट विभिन्न किसिमका महामारीको उत्पति भएको देखिन्छ । मानवीय क्रियाकलापहरुले नै वातावरणमा परिवर्तन गर्दछ । त्यही कारणले बातावरण बदलिरहेको हुन्छ ।
बनजंगल फडानीले मानव र जनावरलाई छुट्याउने प्राकृतिक छेकबार (बफर क्षेत्र) नाश हुँदै जान्छ भने अर्कातर्फ जनावरको बासस्थान पनि अस्थित्व विहीन हुँदै जान्छ । यसरी प्राकृतिक बफर क्षेत्र नाश हुँदै जाँदा मानव र जनावर बीचको निकटतम दुरी हुन्छ । जनावरहरुको बासस्थान नास भई मानिसहरु भएका स्थानतिर बासस्थान परिवर्तन गरेको हुन्छ । त्यतिबेला जनावरको सिकार र समामिप्यताले गर्दा जनावरबाट आयातीत रोगहरु मानिसमा प्रसारण भएको वा सरेको देखिन्छ । एभियन इन्फ्लुन्ज भाइरसले पहिला जंगली चराबाट घरपालुवा कुखुरा हुँदै मानिसमा संक्रमण फैलाएको थियो भने सिभेट बिरालोको मासु खाँदा सार्स, गोरिल्लाको मासु खाँदा इबोला जस्तो रोगको संक्रमण भएको थियो । पश्चिम अफ्रिकाका जंगल विनासका कारणले जंगली जनावरहरु मानव वस्तीको सम्पर्कमा आएकाले इबोला भाइरस माहामारीका रुपमा फैलिएको थियो । त्यसै गरी, एभियन इन्फ्लुन्जा अत्यधिक कुखुरा पालनसँगै देखापरेको थियो भने निपह भाइरस मलेसियामा बढ्दो सुंगुर पालन तथा फलफूल उत्पादनका कारण फैलिएको थियो । त्यसैगरी मर्स कोभ पनि ऊँटबाट मानिसमा सरेको कुरा पत्ता लगाएको थियो भने हाल देखापरेको कोभिड–१९ भाइरस चमेरा, प्याङगोलिन जस्ता स्तनधारी जनावरबाट मानवमा सरेको हुनसक्ने कुरा हालसम्मको वैज्ञानिक अध्ययनले अनुमान गरिएको ।
जब पृथ्वीमा वातावरण, जनावर, मानव आश्रयस्थलमा परिवर्तन आउँछ, त्यसले क्रमिकरुपमा स्वयं जिवाणुहरुमा पनि परिवर्तन ल्याउँछ ।संक्रामक जिवाणुहरुमा हुने वंशाणुगत वस्तुको परिवर्तनले नयाँ आश्रयको प्रयोग गरी नयाँ वातावरणमा बाँच्न सक्ने बनाउँछ । यसरी जिवाणुहरुलाई अनुकुलित वातावरण सिर्जना भएसँगै जनावरबाट मानिसमा र मानिसबाट मानिसमा जिवाणुहरुको संक्रमण फैलिन गई महामारीको रुप लिने गर्छ ।
नियन्त्रण : कोरोना महामारीको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुरा यसको संक्रमण कसरी हुन्छ र रोक्न के गर्ने भन्ने कुरा बुझ्न जरुरी हुन्छ । सर्वप्रथमत संक्रमित विरामीको सम्पर्कमा आएको खण्डमा मात्र यो रोग सर्छ वा संक्रमित हुन सक्छ । संक्रमित व्यक्तिले हाँछ्यु गर्दा, बोल्दा वा सास फाल्दा निस्कने छिटा वा थोपा वा स्वाबबाट रोगको संक्रमण हुन्छ । संक्रमित व्यक्तिबाट उक्त प्रक्रियामा निस्केका थोपा वा छिटा वा स्वाब कुनै वस्तु, सतह वा सँगै बसेको व्यक्तिको वरिपरि खस्छ र त्यस्ता छिटा सम्पर्कमा रहेको अर्को व्यक्तिको मुख, नाक र आँखाबाट शरीरमा पसी रोगको संक्रमण हुन्छ । यदि संक्रमित व्यक्तिसँग सम्पर्क नभएमा यो रोग सर्दैन, लाग्दैन । तसर्थ, यस माहामारीको रोकथाम र नियन्त्रणका लागि तीनवटा उपाय अवलम्वन गर्नुपर्छ ।
१. सामाजिक वा व्यत्तिसंग भौतिक दुरी (सोसल फिजिकल डिस्ट्यान्सिङ) कम्तीमा तीन फिट कायम गरी बस्ने । त्यसको लागि आम ‘लकडाउन’ एवं घरमै बन्दाबन्दी वा ‘होम क्वारेन्टाइन’ बस्ने । त्यसोहुँदा संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा हुन्छ । कुनै टार्न नसकिने अनिवार्य कामले भेट्नु पर्दा पनि सर्जिकल मास्क (सबैले) प्रयोग गरी सामाजिक दुरी कायम गरी भेटघाट वा बातचित गर्ने । यदि संक्रमित भएको शंका लागेमा वा संक्रमित व्यक्तिको सम्पर्कमा भएको थाहा पाएमा (सामान्यतः कम्तीमा दुई हप्ताको अवधि) सबैको सम्पर्कबाट अलग आईसोलेसनमा बस्नु आवश्यक छ ।
२. पहिचान, परीक्षण, उपचार र अनुगमन निरीक्षण (आइडेन्टीफाइ, टेस्ट, ट्रिट र ट्रयाक) सामाजिक वा व्यत्तिसंग भौतिक दुरी कायम गर्नको लागि आम ‘लकडाउन’ एवं घरमै बन्दाबन्दी वा ‘होम क्वारेन्टाइन’ को उपाय मात्रै अबलम्बन नगरेर विदेशबाट आउने वा संकास्पद व्यक्तिहरुको सम्पर्कमा रहेका वा भएका व्यत्तिहरु वा स्थानहरुमा रोगको पहिचान गर्न परिक्षण गर्ने, रोग देखिएमा पुनः परिक्षण अनि उपचार गर्ने र अनुगमन निरीक्षण गर्नेलाई उपायलाई नै पहिचान, परीक्षण, उपचार र अनुगमन निरीक्षण (आइडेन्टीफाइ, टेस्ट, ट्रिट र ट्रयाक) उपायको विधि उपनाउने ।
३. कसैसँगको सम्पर्कमा हुँदा सर्जिकल माक्स लगाएर मात्रै बस्ने र त्यसपछि पछि लगत्तै र बेलाबेलामा साबुनपानीले हात धुने, मुख, नाक र आँखामा हातले नछुने, खोक्दा वा हाँछ्यु गर्दा खुला नगरी कुइनोले छोप्ने गर्नुपर्छ । तातोपानी बेलाबेलामा पिउने । छाला वा हावाबाट संक्रमण नहुने । संक्रमिक व्यक्तिको मुख, नाकबाट निस्कने छिटा आफ्नो मुख, नाक वा आँखामा पसेपछि मात्र संक्रमणको सम्भावना हुने भएकाले माक्सको प्रयोग गर्दा संक्रमणको खतरा कम हुन्छ । यसरी माथी उल्लेखित तरिकाबाट कोरानाको तत्कालीन नियन्त्रण भई समाधान हुन्छ भने दिर्घकालीन समाधानको लागि त यस भाईरससँग लड्ने ईम्युनेसन पावर बनाउने भाईरस विरुद्घको खोप वा भ्याक्सेन नै पत्ता लगाउनु पर्ने हुन्छ ।