क्यालिफोर्निया/ प्रवासी नेपाली मन्च अमेरिका क्यालिफोर्निया राज्य कमिटिले प्रबासी नेपाली मन्च अन्तराष्ट्रीय कमिटी सदस्य राजेन्द्र शिवाकोटीको प्रमुख आतिथ्यतामा बिभिन्न समसामयिक मुद्दामा अन्तरक्रिया छलफल बैठक सम्पन्न भएको छ ।
उक्त भेटघाट कार्यक्रमको अध्यक्षता राज्य कमिटीका अध्यक्ष चिरिन्जिबि गौतम र प्रबासी नेपाली मन्च अमेरिका केन्द्रीय सदस्य शंकर लुङेली, दुर्गा आचार्य र समाजसेबीहरु मोहन ओली, धन दवाडी, केशबराज सुबेदी , ईश्वर सिटौला लगायतका ब्यक्कित्वहरुले आफ्नो धारणा समेत राख्नु भयो ।

मन्तब्य राख्ने क्रममा नेपाल सरकारले ल्याएको बिध्येयक १० बर्षे फ्री -भिसा बारे पनि छलफल गरियो र कार्यक्रमका अतिथि शंकर लुङेलीले प्रबासी नेपाली मन्चको बिश्वमा ३८ राज्यमा संगठन बिस्तार भैसकेको , प्रबासी नेपाली मन्चले संकटको बेला आज सम्म गरेको सहयोग , आउदो निकट समयमै टेक्सासमा हुन लागिरहेको राष्ट्रीय अधिबेशनले लिन पर्ने कार्यदिशा , सदस्य नबिकरण र सदस्य निर्माणको प्रकृया बारे आफ्नो स्पष्ट भनाई राख्नु भयो , मन्तब्यकै क्रममा अधिकांस उपस्थितिले नेपाल सरकारले ल्याएको बिध्येक बारे गुनासो भैरहेको सन्दर्भमा छलफल भएको थियो साथै कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र शिवाकोटीले आफ्नो कुरा राख्ने क्रममा नेपाल सरकारले बिध्य्येक प्रति छलफल गर्दै प्रबासी नेपाली मन्चको बिस्तारको महत्व बारे प्रष्ट पार्नु भयो । र कार्यक्रम सन्चालन सस्थाको उपाध्यक्ष राजु श्रेष्ठले संचालन गर्नु भएको थियो ,सोहि कार्यक्रमलाई सस्थाका सदस्य तथा समाजसेबी दिपक अधिकारीको न्यानो आतिथ्य सत्कारमा सम्पन्न भएको जानकारी रबिन दहाल र राजु चौलागाईले दिनु भयो ।


									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									




