घटना ब्यवस्थापन तथा सिफारिस संयन्त्र सम्बन्धि २ दिने तालिम सम्पन्न

|

नेपालगन्ज /  भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले केयर नेपालको साझेदारीमा कोभिड–१९ पूर्वतयारी प्रतिकार्य कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा, बाल संरक्षणको घटना ब्यवस्थापन तथा सिफारिस संयन्त्र सम्बन्धि २ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । सो तालिममा नरैनापुर र बैजनाथ गाउँपालिकाका सरोकारवाला निकायको सहभागिता रहेको थियो । सो तालिममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,बिषयगत शाखा प्रमुखहरु पदाधिकारीको सहभागिता रहेको थियो ।

सो तालिममा घटना ब्यवस्थापन बारे जानकारी, सिफारिस संयन्त्रको परिचय र महत्व, सक्रिय सिफारिस संयन्त्र निर्माण र भुमिका, घटना ब्यवस्थापनका निर्देशक सिद्धान्तहरु बारे प्रशिक्षक उमाकान्त चौधरीले प्रशिक्षण दिनुभएको थियो । केयर नेपालका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ बिमला पुरीले सिफारिश संयन्त्र सम्बन्धि निर्देशिका मस्यौदा माथि छलफल गरि पुर्णता दिई आ–आफनो गाउँपालिकामा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

सो तालिममा बि–ग्रुपका निर्देशक डम्मर सुनार, कार्यक्रम संयोजक टेक बहादुर सुनार, लैङ्गिक तथा संरक्षण अधिकृत अमिसा धिमालको पनि सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले आ–आफनो पालिकामा  घटना ब्यवस्थापन तथा संयन्त्र सम्बन्धि मस्यौदा तयार गरि पुर्णरुपमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए ।

२०७७ फाल्गुन २०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।