राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

|

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि हिउँदै संसद अधिवेशन आव्हान गर्नुभएको छ ।

सर्वोच्च अदालतले फागुन ११ मा संसद पुनः स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

२०७७ फाल्गुन १७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।