खजुराका किशोरीले किशोरीमैत्री स्वास्थ्य सेवाको लागि ज्ञापन पत्र बुझाए

|

खजुरा / बाँके खजुराका किशोरीहरुद्धारा किशोरीमैत्री स्वास्थ्य सेवाको लागि खजुरा गाउपालिकामा ज्ञापन पत्र बुझाएका छन् । सो ज्ञापन पत्र बुझनु हुदै खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले किशोरीहरुले उठाएका सवालहरु सम्बोधन गर्ने प्रति एक्येबद्धता जनाएका छन् । सो ज्ञापन पत्रमा स्वास्थ्य संस्थाहरुमा किशोरीहरुमा किशोरीमैत्री स्वास्थ्य प्रदान गर्नुपर्ने, लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सन्चालन गरिनु पर्ने, बालविवाह बिरुद्ध जनचेतना फैलाउने सडक नाटक तथा र्‍याली गर्नु पर्ने, किशोरीहरुलाई जीवन उपयोगी सिप विकास सन्चालन गर्नु पर्ने, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि कार्यक्रम सन्चालन गर्नु पर्ने र सरोकारवालाहरु विच समन्वय बैठकमा किशोरीलाई सहभागी गराउनु पर्नेमा जोड दिएका छन् ।

प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह बि-ग्रुपको सहकार्यमा सन्चालिन बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत खजुरा गाउँपालिका वडा नं.४ र ५ मा गठन भएका सिओसी अर्थात परिवर्तनका सम्वाहकमा सहभागी किशोरीहरुले ज्ञापन पत्र आफनो स्थानीय सरकारसँग आफना माग राखेका हुन् ।

सिओसीका लक्ष्मी थापा , रक्षा थापा क्षेत्री र फरिदा वानो साई लगायतको समुहले सो ज्ञापन पत्र बुझाएको छ । स्वास्थ्य अधिकार नेपालको संविधानको धारा ३५ ले प्रद्धत गरेकोले निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाईएको बि-ग्रुपका फिल्ड सुपरभाईजर लक्ष्मी खत्रीले जानकारी गराईन् । नेपाली जनताको स्वास्थ्यलाइ कानुुनद्धारा प्रदत्त हक अधिकारको संरक्षण गर्न समेत खजुरा गाउँपालिकासँग जोडदार माग गरिएको छ

२०७७ फाल्गुन १६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।