संसद अधिवेशन बोलाउने नेकपा स्थायी कमिटी बैठकको निर्णय

|

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा स्थायी कमिटीको बुधबार बसेको बैठकले तोकिएको समयमा संसद अधिवेशन बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै सर्वोच्चले तोकेको मितिभित्रै संसद अधिवेशन बोलाउने निर्णय गरेको प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

 

२०७७ फाल्गुन १२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।