विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक

|

काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ ।

शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । साथै चन्दले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

 

२०७७ फाल्गुन ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।