भुरिगाउँ । ठाकुरबाबा नगरपालिकामा ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ठाकुरबाबा वडा नं ५, शाहीपुरमा ट्रिपरले ठक्कर दिँदा एक जना मोटरसाइकल चालक चालकको मृत्यु भएको हो ।
शुक्रबार साँझ शाहिपुरमा भे १ ख १४८८ नम्बरको ट्रिपरले भे १० प २६४७ नम्बरको मोटरसाइकल किच्दा चालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
घट्नामा कोहलपुर नगरपालिका वडा नं ८ का ३० वर्षीय नवराज बुढाथोकी मृत्यु भएको हो । ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव जिल्ला अस्पताल गुलरियामा लगिएको प्रहरीले जनाएको छ ।






