
काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।
बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेत विरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।