अवधी पत्रकार संघ नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

|

कम्दी । अवधी पत्रकार संघ नेपालको भवन निर्माण कार्यले तिब्रता पाउने भएको छ । संघको शनिबार डुडुवा गाउँपालिका वडा नं.५ को कम्मरशाह बाबा मजार स्थलमा सम्पन्न भएको भेला तथा प्रशिक्षण कार्यक्रमले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो । भेलामा सहभागी अतिथिहरूले संघको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि संघले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपालगन्ज उद्योग वाणिाज्य संघका निवर्तमान अध्यक्ष तथा कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संघको बिकासका लागि अध्यक्ष शाह तथा पत्रकार केसीले ५१ र ५१ हजार नगद र बैश्यले हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । भेलामा बोल्दै शाहले प्रतिबद्धतासंगै संघले संस्थागत बिकास अवधी भाषी पत्रकार र समुदायको उत्थानका लागि सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रले प्रेस स्वतन्त्रता सेनानीद्वय पन्नालाल गुप्त र राम गोपाल बैश्यको स्मृतिमा पन्ना,रामगोपाल अवधी पत्रकारिता पुरस्कार लागि अक्षय कोष स्थापना गरेको जानकारी गराउँदै कोषमा आफुले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले सो अक्षय कोषका लागि सबैलाई सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ ।

भेलामा संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, बरिस्ठ अधिवक्ता बिजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव सकिल अहमद कादरी, प्रेस मंच नेपालका अध्यक्ष आशिष गुप्ता र रामगोपाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष अजय गुप्ताले संघले आगामी दिनमा अपनाउनुपर्ने रणनीति, खेल्नुपर्ने भुमिकाका बारेमा बोल्नुभएको थियो । सघ बाँकेका अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीको अध्यक्षतामा भएको भेलालाई संघका केन्द्रीय उपमहासचिव गुरूमुरत यादवले संचालन गर्नुभएको थियो ।

२०७७ फाल्गुन १, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।