बाँके / वडा प्रहरी कार्यालय नेपालगन्ज,युवा क्लब संजाल तथा बाल क्लब संजालको संयुक्त आयोजनामा आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कका होटल तथा पसलहरुमा बाल श्रम सम्बन्धि दोश्रो चरणको अनुगमन गरिएको छ ।
नेपालगन्जमा बाल श्रम अन्त्यका लागि सो अभियान सन्चालन गरिएको युवा अभियान्ता ऋतिक शाहीले बताए । सो अनुगमन अभियानमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डिल्ली खड्काको नेतृत्वमा बाल क्लब र युवा क्लबका पदाधिकारी सहितका टोलीले अनुगमन गरेको थियो । आज गरिएको होटल अनुगमनमा २५ वटा होटलहरुमा ५ जना बालश्रमिकहरु भेटिएको बालअधिकारकर्मी मोहम्मद सल्मान सल्मानीले बताए ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएका अनुगमनमा टोलि तथा बाल क्लब सञ्जाल र युवा कल्ब सञ्जालका टोलीले १४ वर्ष मुनिका बालबालिकाहरुलाई काममा नलगाउनु र सो भन्दा बढी उमेरका बालबालिकाहरुलाई काममा लगाएपनी स्थानीय तह अथवा उपमहानगरपालिकामा जानकारी गराउनु पर्ने सचेत गर्दै जनचेतना फैलाएका छन् । बालबालिकालाई काममा लगाउनु कानुनी अपराध रहेको र काममा लगाएको बालबालिकाको समेत विद्यालयमा पहुँच गराउन जरुरी रहेको बताए ।






