सुत्र सम्बन्धि २ दिने प्रशिक्षण धनगढीमा शुरु

|

धनगढी / स्थानीय सञ्चित कोष ब्यबस्थापन प्रणाली (सुत्र) सम्बन्धि २ दिने प्रशिक्षण धनगढीमा आजबाट सन्चालन भएको छ । स्थानीय सरकारका कर्मचारीहरुको क्षमता विकास गरि समग्र आर्थिक ब्यबस्थापन प्रणालीलाई सुदृढ गर्न सहयोग गर्ने उदेश्यका साथ यो प्रशिक्षणको आयोजना गरिएको हो । युएसएआईडी र साझेदारी संघियता सहयोग कार्यक्रमको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारका १० वटा पालिकावाट सहभागीता रहेको छ ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका कैलाली जिल्लावाट धनगढी उप महानगरपालिका र गौरी गंगा नगरपालिका, कन्चनपुरवाट भिमदत्त र पुर्नवास नगरपालिका, डोटीवाट दिपायलसिलगढी र शिखर नगरपालिका, बझाङवाट विथ्थडचिर गाउँपालिका र लुम्बिनि प्रदेशको दाङ जिल्लावाट तुल्सीपुर, घोराही उप महानगरपालिका र दङगीशरण गाउपालिकामा कार्यरत लेखा अधिकृत, सुचना प्रविधि अधिकृत र योजना अधिकृतको सहभागीता रहेको छ ।
नेपालको संविधान भाग १९ को धारा २२९ र स्थानीय सरकार सन्चालन ऐनको दफा ६९ ले स्थानीय सरकार सन्चालन, ब्यबस्थापन र प्रतिवेदनमा एकरुपता कायम गर्नकालागी स्थानीय सञ्चित कोष ब्यबस्थापन प्रणाली (सुत्र) लाई अनिवार्य गरेको थियो । तसर्थ स्थानीय सरकारलाई आर्थिक ब्यबस्थापन प्रणालीमा सहयोगका साथै वजेट निर्माण, लेखांकन र प्रतिवेदन प्रणालीमा प्राविधिक ज्ञान प्रदान गर्न कर्मचारीका लागी यो प्रशिक्षणको आयोजना गरिएको र यसले स्थानीय सरकारलाई आर्थिक ब्यबस्थापन प्रणालीलाई सुदृढ गर्न सहज हुने साझेदारी कार्यक्रमका शासन विज्ञ मदन आचार्यले बताउनु भएको छ ।

उक्त दुई दिने अनुशिक्षणमा विशेष गरी वार्षिक वजेट तर्जुमा, लेखांकन, अभिलेखीकरण र प्रतिवेदनका सम्बन्धमा सैदान्तिक र प्रविधिक विषयमा प्रशिक्षण र अभ्यास गरि प्रशिक्षण गरिने कुरा प्रशिक्षक तथा महालेखा नियन्त्रण कार्यालयका प्रतिनिधि तथा प्रशिक्षण कार्यक्रमका सहजकर्ता पवन कुमार महतोले बताउनु भयो । उक्त कार्यक्रममा सुत्र प्रणालीका डेभलोपर विष्णु बराकोटी र सुचना प्रविधि विज्ञ रमेश सुवेदीले सहजीकरण गर्नु भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमको उदेश्य माथी कार्यकमका शासन विज्ञ मदन आचार्यले प्रकाश पार्नुु भएको थियो भने कार्यक्रम सन्चालन नगर संयोजक टेक रानाले गर्नु भएको थियो ।

२०७७ माघ २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।