काठमाण्डौं / नेपाली कांग्रेसका सबै शुभेच्छुक संस्थाहरुले ७७ जिल्लामा शनिबार बिरोध प्रदर्शन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका सबै १८ वटै शुभेच्छुक संस्थाहरुको आयोजनामा बाँकेमा पनि ट्रेड युनियन कांग्रेसको नेतृत्वमा प्रदर्शन हुने भएको हो ।
बाँकेमा कांग्रेसका ७ वटा शुभेच्छुक संस्थाहरुद्वा गरिने प्रदर्शनको नेतृत्व ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लले गर्नुहुनेछ । शनिबार ११ बजे बिहान नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु हुने बिरोध प्रदर्शनमा शुभेच्छुक संस्थाहरुका नेता(कार्यकर्ता तथा पार्टीका नेताहरुलाई समेत सहभागी हुन अध्यक्ष मल्लले आग्रह गर्नुभएको छ ।