नेपालगन्जको तापक्रम घट्दै गएपछि तीन दिन विद्यालय बन्द

|

नेपालगन्ज / नेपालगन्जको तापक्रम घट्दै गएपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बुधबारसम्म पनि मौसममा सुधार नआए शुक्रबारसम्म नै विद्यालय बन्द गर्न उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले विद्यालयहरुलाई पत्राचार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको दिउँसो २ बजेसम्मको अपडेटमा आज आइतबार नेपालगन्ज अधिकतम तापक्रम १७.७ र न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको उल्लेख छ ।

 

२०७७ माघ १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।