पोखराकी एलिना गुरुङ बनिन पहिलो नेपाल स्टार

|

काठमाण्डौं / नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।

‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् । विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् ।

‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीप उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।

२०७७ माघ १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।