एक बालक भारतबाट सकुशल उद्धार, बालकको पढ्ने चाहाना

|

नेपालगन्ज / विगत १ बर्षदेखि बेपत्ता भएका रोल्पाको एक बालक भारतबाट सकुशल उद्धार भएका छन् । नेपालगन्जका २ बालअधिकारकर्मीहरु ऋतिक शाही र मोहम्मद सल्मान सल्मानीले भारतको राजकीय बाल गृह शाहजहांपुरबाट सो बालकको उद्धार गरेका हुन् । सानै उमेरमा आफ्नै गाउँका काका पर्नेले भारतको रामपुरको एक घरमा कामदारको रुपमा काम लगाएका थिए । एक महिना काम गरेपछि रोल्पाका सुनिल स्मृति गाउँपालिका ५ का १५ बर्षिय श्याम बिक काम गर्ने घरबाट भागेर भारतको ठाउँमा भौतारिएका विक प्रहरीको सम्पर्कमा पुगेका थिए ।

विक भारतको युपी शाहजहाँपुरको राजकिय बालगृहमा एक बर्ष बसे आफन्त पत्ता नलागेसम्म बालगृहमै बसेका थिए । केही समयपछि राजकिय बालगृहका कर्मचारी विनोद कुमार बाल्मीकीले नेपालका बालअधिकारकर्मी मोहम्मद सल्मान सल्मानीलाई सम्पर्क गरि फोटो र ठेगाना पाएपछि सल्मानीले बालक उद्दारका लागि थप प्रक्रिया थाल्न सुरु गरेका थिए । करिव १ महिना लामो प्रयास पछि सल्मानी र शाहीले बालकलाई उद्दार गर्न सफल भएका छन् । फोटो पठाएको आधारमा बालकलाई उद्दार गर्न सफल बताउँछन् बालअधिकारकर्मी सल्मानी । बालकको फोटो पाएपछि सिविन नेपालका कर्मचारी रजनी राजबंशीद्धारा उहाँको ठेगाना पत्ता लगायो र बालकको उद्दार गर्न सहज वातावरण फोन सम्पर्कमै गरेको उहाँले बताउनुभयो । रोल्पाको सुनिल स्मृति गाउँपालिका ५ का १५ बर्षिय श्याम बिकको बुवा गन्ज बहादुर विकलाई शनिवार हस्तान्तरण गर्न सफल भएका छन् ।

बालअधिकारकर्मी मोहम्मद सल्मान सल्मानी र बालअधिकारकर्मी ऋतिक शाहीको सम्मन्वयले गर्दा भारतमा रहेका बालकको उद्दार गर्न सफल भएको अर्का बालअधिकारकर्मी देवा बहादुर क्षेत्रीले बताउनुभयो । बालकको खोजतलास तथा कागजी प्रक्रिया पुरा गर्न एक महिना लाग्यो बालअधिकारकर्मी सल्मानीले जानकारी गराउनुभयो । बालअधिकारकर्मीद्धय सल्मानी र शाहीले भारतमै पुगी बालक विकलाई नेपालसम्म ल्याउन सफल भएको र बालकका बुवा गन्ज बहादुर विकलाई हस्तान्तरण गरिसकेको जानकारी गराउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको सम्मन्वय तथा माइती नेपालको आर्थिक सहयोग ती बालकलाई उद्दार गर्न सहज भएको बालअधिकारकर्मी शाहीले बताए । भारतका उत्तरप्रदेश जिल्ला शाहजहाँपुरका बालकल्याण समितिका अध्यक्ष मुकेश कुमार सिंह परिहार सहितको टिम र राजकिय बालगृह टिमले नेपालका बालअधिकारकर्मीद्धय सल्मानी र शाहीलाई उद्दार गर्न सहयोग गरेका थिए । रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका वडा नं.५ स्थायी घर भएका १५ बर्षीय श्याम विक अब पढ्ने बताएका छन् ।

 

२०७७ माघ १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।