पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु

|

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।  मृत्यु हुनेको संख्या योसहित २०२५ पुगेको छ । कोरोना भाइरस संक्रमित बढ्ने क्रम बढिरहँदा शुक्रबार पनि १५७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा झण्डै साढे ३२ सय २१ जनाको पीसीआर पीरक्षणमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । हालसम्म नेपालमा २० लाख ६४ हजार ८१ जनामा कोरोना परीक्षण गरिसकेको छ । पछिल्लो समय कोरोना भाइरसको सफल उपचारपछि ३३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६५ हजार ६९८ जना छन् । नेपालमा निको हुने दर ९८.२ प्रतिशत रहेको छ ।

मुलुकभर अहिले ३ हजार २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ । यस्तै हालसम्म १११ जना क्वारेन्टाइनमा रहनु भएको छ ।

२०७७ माघ १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।