
रोल्पा । नेपालगन्जबाट हिडेको ट्याङ्कर रोल्पामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका १ भदौरे मन्दिरको घुम्ति मोडमा ना ४ ख २२५७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक हरभजन सिंहलाई उपचारको लागि रोल्पा जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिएका छ्न ।
ट्याङ्कर दुर्घटना हुंदा रुपैडियाका १९ बर्षीय सह९चालक सुनिल शंकर सामान्य घाइते भएका छन् । घाइते सह९चालकको निधारमा चोट लागेको प्रहरी जनाएको छ। नेपालगन्ज डिपो बाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको हो । दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही नखुलेको प्रहरी प्रवक्ता केसीको भनाई छ ।
ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्रमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको प्रहरी प्रबक्ता केसी बताएका छ्न ।