कोरोना विरुद्धको खोप दोस्रो दिन २८,७३२ व्यक्तिले लगाए

|

काठमाण्डौ / नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीबार ७७ जिल्लाका २८ हजार ७३२ जना व्यक्तिले खोपको पहिलो डोज लगाएका छन् ।

बागमती प्रदेशमा ११ हजार ४६१ , प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१२७ जनाले खोप लगाएका छन्।

यसअघि कोरोना भाइरस विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका थिए।

२०७७ माघ १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।