कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू

|

काठमाडौं । आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू भएको छ । बिहान साढे १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुभएसँगै देशभर एकसाथ खोप अभियान सुरु भएको हो ।

शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्रीहरु तथा सम्बन्धित कर्मचारीहरु सहभागी रहेका छन् ।

देशभर एकसाथ सुरु भएको कोभिड(१९ विरुद्धको खोप अभियानको पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएको जानकारी दिएको हो । खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ।

 

 

 

 

 

२०७७ माघ १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।