पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाण्डौ /  पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार सय ४१ जना कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ६२ हजार दुई सय ५९ पुगेको छ ।

अब नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार सात सय ६४ रहेको छ । यस्तै थप चार कोरोना सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ६९ पुगेको छ ।

२०७७ माघ ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।