बेवारिसे लाशको व्यवस्थापनको जिम्मा कस्को?

|

बीबीसीले हरेक वर्ष  प्रकाशित गर्ने १०० प्रेरणादायी र प्रभावशालि महिलाको सूचीमा ( BBC’s 100 Inspiring and influential women, 2020 ) यस वर्ष पर्न सफल १८ वर्षिय किशोरी सपना रोक्का मगर हाल नेपाली जनजिब्रोमा झुन्डिएको नाम हो।

फिनल्याण्डकी प्रधानमन्त्रि सान्ना मरिन, अमेरिकाकी वातावरण अभियन्ता अनि सुप्रसिद्ध अभिनेत्री जेन फोंडा,  बेलायतकी ओक्स्फोर्ड विश्वविद्यालयले बनाउंदै गरेको Covid-19 बिरुद्धको खोप डिजाईन गरेकी वैज्ञानिक प्राध्यापक सेरा गिलबर्ट लगायतका नामहरुसंगै सपना रोक्का मगरको कामको कदर गर्दै सय प्रभावशाली महिलामा उनलाई छनौट गरिनुबाट उनको कामको गुरुत्व कति रहेछ भन्ने कुराको पुष्टी हुन्छ।

महिला सशक्तिकरण कार्यक्रम “दिदी बहिनीका कुरा” (DidiBahinikaKura) मा सपना रोक्काले आफ्ना जीवनका उतारचढाव र भोगाईहरू खुलाएकी छिन्। आफू कसरी परिस्थितिको शिकार भई सडक जीवन बाँच्न बाध्य भएको र यही भोगाईहरूले उनलाई बेवारिसे जीवन बाँच्नु र वेवारिसे भई मर्नुको अर्थ सिकाएको बताउँछिन्।

कोही किन बेवारिसे भएकै कारणले आधारभूत मानवअधिकारबाट पनि बन्चित हुनुपर्ने?
बेवारिसे भएकै कारण लाशले समेत अपहेलित हुनुपर्ने र लाशले पनि दागबत्ती नपाउनु ठूलो दुखको कुरा भएको उनी बताउँछिन्।

यति कलिलो उमेरमा नै जीवन र मरणको गहिराइ बुझेकी सपना, सडकका बेवारिसे व्यक्तिहरूमाथि सरकारको ध्यान नपुगेको बताउँछिन् ।

उनी भन्छिन् सडकमा बाच्ने र मर्नेहरूको लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्छ ।
पुरा Video हेर्न लिंक क्लिक गर्नुहोला ..

२०७७ मंसिर २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।