गायक निर्मोहीलाइ “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” प्रदान गरिने

|

काठमाण्डौ । नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद ५१००० (एकाउन्न हजार) रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.के. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.के. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । विशेषतः गायक “निर्मोही” का “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा रहेका उनका गीतहरु चर्चामा रहेका छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।

विशेष गरी कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार तथा सम्मानको उद्देश्य भनेको नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका अग्रज श्रष्ठा तथा कलाकारहरुलाई जीवीत रहँदै सम्मान पत्र सहितको नगद पुरस्कारबाट पुरस्कृत गर्नु रहेको यस पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियाले बताए । जुन पुरस्कार र सम्मानले सम्मान्नित हुने अग्रज श्रष्ठाको मनमा खुशी र जीवनमा थप सकारात्मक सोंच र उर्जाको बृद्धि होस् ।

टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठद्धारा सयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । हाल गायक मृगौला रोगबाट पीडित हुनुहुन्छ। कलाकार कमल बि.के निर्मोहीको उपचार सहयोगार्थ समिति गठन भएको छ । मृगौला रोगबाट पीडित निर्मोहीको उपचार सहयोगका लागि समिति गठन भएको हो ।

बास नेपालको संयोजनमा नेपालगन्जमा भएको भेलाले बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा ७ सदस्सिय समिति गठन गरेको छ ।

२०८२ कार्तिक ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।