अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो वाइडेन विजयी

|

गत नोभेम्बर ३ मंगलबारको दिन सम्पन्न निर्वाचनबाट डेमोक्र्याटिक दलका राष्ट्रपतिका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औ राष्ट्रपतिमा बिजयी भएका छन् ।

बाइडेनले आफ्ना रिपब्लिकन दलका प्रतिद्वन्दी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै बिजयी प्राप्त गरेका हुन् । अत्यन्तै प्रतिस्प्रद्धा रहेको यस पटकको निर्वाचनमा बाइडेनले अन्तिम समयमा पेनसेल्भेनिया लगायत महत्वपूर्ण राज्यहरु मध्येमा बाजी मारे पछि उनको विजय भएको हो ।

४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति पनि हुन् । क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उप राष्ट्रपतिको उम्मेदवारमा नियुक्ति गरे पछि बाइडेनलाई थप सहयोग र समर्थन हुँदा उनको ऐतिहासिक बिजयी हासिल भएको हो ।

साथै डेमोक्रेटिकका सशक्त बर्नी स्यानडर्स लगायत हस्तीहरुका समर्थन पाए पछि उनको जितको बाटो खुलेको हो ।

अमेरिकामा ज्यादा मत ल्याएर मात्र बिजयी नहुने हुँदा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० निर्वाचकीय मत (इलेकटोरल मत) ल्याए पछि बाइडेन राष्ट्रपति पदका लागि निर्वाचित भएका हुन् । ट्रम्पले कूल २१४ निर्वाचकीय मत (इलेक्टोरल मत) पाएका छन्।

निर्वाचन अघि गरिएका सबै मत सर्वेक्षणहरुमा बाइडेन नै अगाडी भएको र उनले जित्ने भनि गरिएको भबिष्यवाणी यसपटक सत्यमा परिणत भएको छ । अमेरिकी मतदाताहरुले संचारमाध्यमहरुले गरेका सर्वेक्षणहरु प्रति मतदाताहरुले बिश्वास गरेका छन् ।

व्हाइट हाउस ,रिपब्लिकन र ट्रम्पका समर्थकहरुका लागि यो परिणाम अप्रत्यासित हो । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प बाइडेन भन्दा पछाडी रहेको कुरामा विश्वास नगर्ने ट्रम्प आश्चर्यमा परेका छन् ।

बाइडेनको बिजयीसंगै अमेरिकी माथिल्लो सदन सिनेटमा कूल डेमोक्रेटको ४८ सिट(स्थान)र तल्लो सदन(प्रतिनिधि सभा)मा कूल २१३ सिट (स्थान) ल्याउन सफल भएको छ । सिनेटमा बहुमत ल्याउन ५१ सिट(स्थान)प्राप्त गर्नु पर्ने हुन्छ भने प्रतिनिधि सभामा २१८ ल्याएमा बहुमत हुने छ ।

सन् २०१६ देखि नै विवादै विवादमा मुसिएका ट्रम्पलाई रुससंगको साँठगाँठ लगायत अनेकौ बिषयहरुलाई लिएर अबिश्वासको प्रस्ताव लगाईएको थियो ।

तर ट्रम्प बिरुद्ध लगाईएको अविश्वासको प्रस्ताव असफल भएको थियो । ट्रम्प एक पटकको लागि मात्र अमेरिकी राष्ट्रपति हुने अमेरिकी ईतिहास मै चौथो राष्ट्रपति भएका छन् ।

२०७७ कार्तिक २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।