बाँके । आज करवा चौथ पर्व मनाइदैछ । हिंदू संस्कृतिमा सुहागिन (बिवाहित) महिलाहरुका लागि करवा चौथ पर्वले विशेष महत्व राख्दछ । पति पत्नीको प्रेम र समर्पणको प्रतीक करवा चौथको पर्व कार्तिक मासको कृष्ण पक्षको चतुर्थीका दिन बडो उत्साह व उमंगले मनाइने गरिन्छ ।
विवाहित महिलाहरु श्रीमानको दीर्घायु, सुखद दांपत्य जीवनका कामनाका लागि करवा चौथको व्रत बस्ने गर्दछन् । यस दिन महिलाहरु केही नखाई (निर्जला) दिनभर व्रत बस्ने गर्छ्न । पति पत्नीको सम्बन्धमा माया, स्नेह, आस्था समर्पण एवं विश्वासलाई तथा प्रगाढ़ गर्नेवाला यो पर्व तिनको दांपत्य जीवनलाई स्थायित्व प्रदान गर्छ । यही कारण छ कि सदियौदेखि चल्दै आएको छ । यस परंपरालाई आजपनि बडो श्रद्धा व विश्वासले निभाउने गरिन्छ ।
यो व्रत सूर्योदय हुनुभन्दा पुर्व शुरू हुन्छ तथा चन्द्र दर्शन नभए सम्म तक राखिने गरिन्छ । चन्द्रमाको दर्शन पश्चात् व्रत तोड्ने नियम छ । साँझको समय चंद्रोदय भन्दा लगभग एक घण्टा अघि नै सम्पूर्ण शिव परिवार (शिव, पार्वती, नंदी, गणेश र कार्तिकेय) को पूजा गरिने गरिन्छ । पूजन (पुजा) को समय ब्रतालु महिलाले पूर्व दिशामा मुख गरेर बस्नुपर्छ । यस दिन सुहागिन (बिवाहित) महिलाहरुले ब्रतसंगै चन्द्रमालाई अर्घ्य दिए पश्चात श्रीमानलाई चलनी (छाल्नो) मा दिप राखी हेरेपछि श्रीमानले पानी खुवाएर पत्नीको व्रत तोड़ने गर्छन् ।