मेरो मत किन बाइडेन ह्यारिसलाई -बिष्णु राना मगर

|

१.सीमामा पर्खाल : देशहरू बिच सीमा छुट्टिनु छुट्याउॅंनु राम्रो कुरा हो तर अमेरिका जस्तो विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको मूल मुद्धा नै पर्खाल लगाउॅंने हुनु २१औं शाताब्दिको आधुनिक समयानुकुल छैन । अब त भौतिक पर्खाल लगाउॅंनतिर भन्दा बढि स्मार्ट पर्खालमा(सांकेतिक) ध्यान दिन सक्नुपर्छ जसले कोरोना जस्ता भाइरसहरूलाइ पनि छेक्न सकोस् । बोर्डरमा हुने मानविय त्रुटिहरू निर्जीब पर्खालले छेक्न सक्दैन त्यसैले मानव सॅंशाधनलाइ नै सदुपयोग गर्दा राम्रो हुन्छ भन्नेमा विश्वास गर्छु । त्यसमाथी पर्खाल निर्माणलाइ नै सबैभन्दा ठुलो उपलब्धिको रूपमा लिन जरूरी पनि देखिन्न किनकि कानुनै समेत बनाएर पर्खाल लगाउॅंने काम धेरै पहिले देखि नै शुरू भइसकेको यथार्थ हाम्रै सामु छ ।
अहिलेको पर्खाल निर्माण त एउटा झिनो निरन्तरता मात्र हो । कुनै नयाँ एजेन्डा होइन,झिनो किनभने बिगत ४ बर्षमा जम्मा १५ माइल न नयां पर्खाल बनेको रहेछ ।

२.कोराना भाईरसको महामारी : कोरोना भाइरसको बारेमा बेलैमा सुचना पाएर पनि जनतालाइ सुसुचित नगरि हेलचेक्रांइ गर्ने राष्ट्रपतिलाइ म आफ्नो मत दिन सक्दिन । कोरोनाभाइरसको सॅंक्रमणले आजसम्म २ लाख ३५ हजार भन्दा बढि अमेरिकीको ज्यान गइसकेको छ ,के यो सामन्य बिषय हो ? अर्थतन्त्रको त के कुरा !
राष्ट्रपति ओबामाको पालामा पनि शार्स रोगहरू : इबोला, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता महामारीहरू विश्वमा देखा परेका थिए तर अमेरिका नआइपुग्दै ती समस्याहरू समाधान भए । यसबारे किन हाम्रा राष्ट्रपतिले बेलैमा ध्यान दिनु भएन ? किन यसलाइ होक्स या चाइनिज भाइरस भन्दै समाधानतिर लाग्नु भएन ? अझै पनि कोरोनाभाइरसको महामारी बाँकी छ । भ्याक्सिन चाँडै आउॅंछ भन्ने बाहेक समाधान के छ त ?

३.शेयबजार : कतिपय हामी बर्तमान राष्ट्रपतिले चुनाव हार्नु भएमा शेयरमा गरेको लगानी डुब्छ कि भन्ने शॅंकाले पनि वहांको समर्थन गरिरहेका छौं,अहिले हामी ब्यक्तिगत स्वार्थ भन्दा माथी उठ्न जरूरी छ । मैले थाहा पाए अनुसार शेयर मार्केटमा लगानी गरेरै सबैभन्दा सफल हुने भाग्यशाली ब्यक्ति वारेन बफेट हुन्, जो एकताका सॅंसारकै सबैभन्दा धनी ब्यक्ति बन्न पनि सफल भएका थिए ।
के उनी २०१६-२०२० को अवधिमा मल्टि बिलिनियर भएका हुन् त ? हामीले के पनि नभुलौं भने विश्वमा रहेका ठुला ठुला ४/५ वटा शेयरमार्केटहरू मध्ये सबैभन्दा ठुलो शेयर मार्केट NYSE झन्डै २२८ बर्षदेखि अमेरिकामा सॅंचालनमा छ ।
बर्तमान राष्ट्रपतिज्युले चुनाव हार्दैमा असर त इन्ट्राडे/डे ट्रेडरहरूलाइ अस्थायी रूपमा गर्न सक्ला, यसो हुन गएमा केहि समय शेयरको कारोबार कम गरे के फरक पर्छ ?
शेयरको भाऊ घट्यो भने शेयर किनेर भबिष्य सुरक्षित गर्दा भैहाल्छ त ! शेयरको भाऊ घट्ने या बढ्ने भन्ने कुरा त कस्तो कम्पनिको शेयर किनेको छ त्यसले पो बढि निर्धारण गर्छ नि, होइन र ? शेयरमा गरिने दिर्घकालिन लगानीलाइ त यस्सै पनि असर पार्छ जस्तो लाग्दैन,भाऊ तलमाथी भइरहनु त शेयरको बिशेषता नै हो ।

४.इमिग्र्यान्ट्स : एउटा इमिग्र्यान्टको नाताले पनि म अहिलेको राष्ट्रपतिलाइ आफ्नो मत दिन सक्दिन । हुन त राष्ट्रपतिले अनडकुमेन्टेडलाइ मात्र भनेको हो रे भन्ने पनि सुनिन्छ तर केहि कॅंग्रेसउमनले गरेको बिरोधको सन्दर्भमा “यु क्यान गो ब्याक योर कन्ट्रि” भन्नुहुने राष्ट्रपतिले तपाईॅंहामीलाई के बांकी छाड्नुहोला र ?
अमेरिकी नागरिकता नलिई कोहिपनि हाउस मेम्बर हुन पाउॅंदैनन् नै । अमेरिकाको नागरिकता लिइसकेपछि अमेरिकन हुं भन्ने त लाग्छ नि तर धेरैजसो परिचयको क्रममा सोधिने “होयर आर यु फ्रम” भन्ने बांक्याशले नेपाल पुर्याइदिईहाल्छ र आफुलाई इमिग्र्यान्टको दर्जा महशुष भइहाल्छ । जबसम्म इमिग्र्यान्ट्सलाइ दुत्कार्न छोड्नुहुन्न तबसम्म वहाँलाई कसरी समर्थन गर्ने ?

प्रणाली स्थापित भइसकेको हुनाले मात्र वहाँले डिभी चिट्ठा कार्यक्रम बन्द गर्न सक्नुभएको छैन नत्र भने उक्त कार्यक्रम उहिल्यै बन्द भइसक्थ्यो होला,चुनावै जित्नका लागि डिभी चिट्ठा, इमिग्र्यान्ट्सको बिरोध हुनु अत्यन्तै दु:खद छ ।

सिनेटरहरू जोन मेक्केन, टेड केनेडी जस्ता अग्रजहरूका इमिग्रेसन रिफर्मलाइ मान्नुहुन्न भने वहां कसरी इमिग्र्यान्टहरूको राष्ट्रपति हुन सक्नुहुन्छ ?

ग्रिन कार्ड लगायतका इमिग्र्यान्ट्सको लागि दिइने डकुमेन्टहरूको प्रक्रियागत ढिलासुस्ति पनि राष्ट्रपतिज्युको अनिच्छा हो कि जस्तो लाग्छ ।
अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा कर्मचारीको कमीले कामकारबाही ढिला भएको हुन सक्छ भन्ने अनुमान र कारण अब्यबहारिक लाग्छन् । फेडरलले भनोस् न भोलीबाटै काम गर्न तयार हुने हामी धेरै नै छौं होला,म त छु भनेपछि अहिलेको अमेरिकी सरकारको कार्यकारी पक्ष र राष्ट्रपतिज्यु इमिग्र्यान्ट्सको बारेमा सकारात्मक नै हो भने यो ढिलासुस्ति किन ?

५.कर : एउटा राष्ट्रको मूख्य आयस्रोत भनेकै कर हो । आम्दानी बिना सरकारले कसरी बिकासनिर्माण, मर्मतसम्भार गर्न सक्छ ? ऋणमा मात्रै कति रमाउॅंने ? म साँचो अर्थमा शक्तिशाली राष्ट्रको नागरिक हुन चाहन्छु, ऋणमा डुबेको बैभवशाली राष्ट्रको मात्र होइन ।
त्यसैले बिकल्प बिनाको देशको आयस्रोत-कर घटाउॅंछु भन्नेलाइ होइन देशमा ऋणको भार नथप्नेलाइ समर्थन गर्न चाहन्छु । कर, आम्दानी हुनेले तिर्ने हो नहुनेले तिर्न पर्दैन उल्टै सरकारले दिने ब्यबस्था स्थापित नै छ । निबर्तमान उप राष्ट्रपति बाइडेनले बार्षिक ४ लाख डलर भन्दा बढि आम्दानी हुनेलाइ कर बढाउॅंने बिषय उठाउॅंनु भएको छ,यसमा शिकायत गर्नुपर्ने बिषय नै पो के नै छ र ?
देशको लागि कर तिर्ने नागरिक हुन सक्नु त स्वाभिमानको बिषय हुन् ।

६.तलब १ डलर : राष्ट्रपतिज्युले १ डलर तलब लिनु हुन्छ भन्ने सुनेको छु जुन एउटा सकारात्मक पक्ष पक्कै हो । तर यसैका आधारमा वहाँलाई समर्थन गर्न सकिन्न । बरू बढि तलब लिनुस् तर राष्ट्रको ऋण घटाउॅंने गरि काम गर्नुस् । वहाँको पालामा झन्डै ८ ट्रिलियन+ डलर बराबरको ऋणको भार देशलाइ थपिएको छ । समग्रमा देशलाइ फाइदा भन्दा बढि घाटै भएको छ ।

सॅंसारमा सबैभन्दा ठुलो अमेरिकी अर्थतन्त्र दोश्रोमा घटोन्नति भएको छ । यो राष्ट्रबादी बिशेषतामा नसमेटिने बिषय हुन् । एकजना अमेरिकी हुनुको नाताले अमेरिकालाइ बिश्वमै उत्कृष्ट मूलुकको रूपमा देख्न चाहन्छु ।

७.ढांटिनु : पर्खाल लगाउॅंने खर्च मेक्सिकोलाइ तिराउॅंने भनेर पहिलो चुनावताका भन्नुभो ।
दोश्रो चुनावसम्म आइपुग्दा एक पेनी पनि मेक्सिकोले तिरेको छैन र तिर्ने वाला छ जस्तो पनि लाग्दैन । पर्खाल लगाउॅंन अमेरिकी पैसा नै खर्च भइरहेको छ । यसले ढांटेको महसुस गराएको छ ,राष्ट्रप्रमुखले ढाँट्न मिल्छ र ?

८.हेल्थकेयर : ओबामा केयर राम्रो भएन भन्नुहुन्छ । वहां नेतृत्वमा आउॅंनु भएको पनि ४ बर्ष बित्न लागिसक्यो । यदि ओबामा केयर नराम्रै हो भने बिकल्प खोइ त ? के अरुलाई दोषारोपण गर्दै अनुत्तरदायी हुनु सबल नेतृत्वको सॅंकेत हो ? होइन र हुन सक्दैन भन्ने मेरो ब्यक्तिगत धारणा छ ।

९.साझा र सर्बमान्य राष्ट्रपति : म आफ्नो राष्ट्रपति United States को राष्ट्रपति भएको देख्न चाहन्छु न कि रातो या निलोको राष्ट्रपति ।
बेलाबेलामा राष्ट्रपतिको मुखबाट रातो या निलो स्टेट, रिपब्लिकन या डेमोक्र्याट स्टेट जस्ता अभिब्यक्तिहरू आउॅंनु सकारात्मक होइन र लाग्दैनन् । मेरो विश्वास, अमेरिका सॅंयुक्त राज्य हो बिभाजित राज्य होइन ।

१०.राष्ट्रबाद : २१औं शताब्दिको राष्ट्रबाद सीमामा पर्खाल निर्माण, शेयरमार्केटको मूल्यमा अभिबृद्धि, इमिग्र्यान्सको बिरोध आदिमा सिमीत हुन सक्दैन ।
यो त एउटा पूरातनबादी सोचको उपज मात्र हुनसक्छ ।

राष्ट्रबादी नेताले राष्ट्रको समग्र सकारात्मक अर्थतन्त्र, विश्वमानचित्रमा देशको अबस्थिती, विश्वले आफ्नो देशलाइ हेर्ने मित्रवत दृष्टिकोण, देशभित्र हुने आम प्रगति, अनडकुमेन्टेडलाइ पनि डकुमेन्टेड गराएर करको दायरामा ल्याउॅंने रणनिती, कोरोनाभाइरसको विश्वब्यापी उन्मूलन आदिलाइ झन् बढि महत्व दिन सक्नु पर्छ । कोरोना भाइरसको कारण अमेरिकी त्यो बैभवशाली शानशौकात उदागिंएको भान भएको छ । यो असफलतालाइ राष्ट्रको कार्यकारी नेतृत्वले स्विकार्नै पर्छ र जिम्मेवारी पनि लिनैपर्छ । म सुनिने राष्ट्रबाद होइन देखिने राष्ट्रबाद चाहन्छु । त्यसैले मेरो भोट बाइडेन ह्यारिसलाई र डेमोक्रेटिक उम्मेद्वारहरूलाई !
धन्यवाद

स्रोत: बिष्णु राना मगर को फ़ेसबुक बाट साभार

२०७७ कार्तिक १६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।