बाँकेमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

|

बाँके / बाँकेमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी ६० बर्षीया महिलाको आज साँझ साढे ५ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मधुमेह रोगबाट पीडित ती महिलामा कार्तिक ८ गते कोरोना पुष्टि भएको थियो ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । बांकेमा शनिबार मात्रै ३ जनाको ज्यान गयो गएको छ अन्य २ जना दाग जिल्लाका हुन ।

२०७७ कार्तिक १५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।