पछिल्लो २४ घन्टामा १,९५४ जनामा कोरोना संक्रमण

|

काठमाडौं । दसैँका कारण पिसिआर परीक्षणमा कमी आएसँगै दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ कार्तिक १२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।