बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङलाई कोरोना पोजेटिभ

|

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।उहाँले भाइरस संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो ।

प्रजिअ कुरुम्वाङले आफुमा संक्रमण पुष्टि भएका कारण आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध समेत गरेका छन् ।

                    

 

यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई संक्रमण देखिएको थियो । उहाँ क्वाटरमै आइसोलेसनमै बस्नु भएको छ । 
 

 

२०७७ कार्तिक ११, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।