नेकपाका नेता जनार्दन शर्मालाई कोरोना सङ्क्रमण पुष्टि

|

काठमाडौँ । नेकपाका नेता तथा सांसद जनार्दन शर्मालाई नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले आफूले गरेको कोरोना परीक्षणमा रिपोर्ट पोजेटीभ आएको अर्थात सङ्क्रमण भएको जानकारी गराउनुभएको छ ।

सङ्क्रमणपछि अस्पताल भर्ना भएको वा घरमै एक्लिएर बसेको भन्ने बारेमा भने उहाँले केही खुलाउनु भएको छैन । केहि दिन यता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन पनि नेता शर्माले अनुरोध गर्नुभएको छ । 

२०७७ कार्तिक ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।