
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा २ हजार ७ सय २० सहित ४४ सय ९९ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ हजार ३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन्। मन्त्रालयका अनुसार शुक्रबार १७ जनाकाे मृत्युसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय २९ पुगेकाे छ ।