दाङका कोरोना संक्रमित पुरुषको विहीबार कोहलपुरमा मृत्यु

|

कोहलपुर  / लमही दाङका कोरोना संक्रमित पुरुषको विहीबार कोहलपुरमा मृत्यु भएको छ । लमही नगरपालिका–५ का ५५ बर्षीय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुषले असोज २७ गते अस्पतालमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । उनको त्यसैदिन रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो ४ः५० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १६ जनाको मृत्यु भएको छ ।

२०७७ कार्तिक ६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।