कोरोनाको कहर संगै बाल बिबाहको लहर -कृष्मा थोकर

|

जसको सन्तानमा पहिलो सन्तान छोरीको रुपमा जन्मिन्छ,त्यो घरमा लक्ष्मी भित्रिएको मानिन्छ।

पुण्य कमाउने उद्देश्यले र अन्धविश्वासीहरूले छोरीचेलीको विवाह छिटो गरिदिन्छन् , पछिल्लो समय नेपालको लगभग धेरै ठाउँहरुमा बाल बिबाहको अन्त्य भएको पाइन्छ ।

तर कतिपय भौगोलिक विकटता,अशिक्षित ठाउँहरु छन् जहाँ बालबिबाहको अन्त्य हुन सकिरहेको छैन,  नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक राष्ट्र हो, विभिन्न जातजाति भाषा धर्म संस्कृतिको कारण विशेषत् बालिकाहरु बाल बिबाहको चपेटामा पर्न बाध्य भएको पाइन्छ।

म एक शिक्षिका सामुदायक बिद्यालयमा अध्यापन गराउदै आइरहेको झन्डै आठ बर्ष पुरा हुदै छ, मेरो अध्यापन अनुभबमा मेरो र मेरो नजिक वरपर रहेको समुदायक बिद्यालयहरुको बिशेष छात्राहरुले गरेको बालबिबाह जसमा बालिकाहरु बालाबिवाहको चपेटामा परि छटपटाईरहेको यथार्थ घटनालाई यस लेख मार्फत प्रस्तुत गर्न खोजिरहेकी छु ।

विश्व अहिले कोरोना महामारीको चपेटामा परिरहेको यस परिवेशमा नेपालमा पनि संक्रमण दर बढी रहेको छ यस सगसगै बिशेषत माध्यामिक तह अध्ययन गरि रहेका बालिकाहरु बालाबिबाहको सिकार बन्दै गैरहेको छ ।

प्राय सवै मुलुकहरूले विवाहको लागि न्यूनतम उमेर तोकेका हुन्छन् । नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । 

नेपालको संबैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ । 

तरपनि बालबिबाह उच्च रहेको मुलुकहरु मध्ये नेपाल अग्रपंत्तिमा रहेको छ ,दक्षिण एसियामा नेपाल,बंगलादेश र भारत पछि तेस्रो स्थानमा पर्दछ तर बाल बिबाह गर्नेको संख्या राष्ट्रियसंघिया जनसंख्या कोषका अनुसार ग्रामिण क्षेत्रमा बसोबास गर्नेमध्ये ४३%बालिका १८बर्ष नपुग्दै बिबाह गरेको पाइन्छ ।

सामाजिक कुरीति तथा अन्धबिस्वासले गर्दा ४०%बिबाहित किशोरीहरुले बिधालयको शिक्षा पुरा गरेको छैनन्, तर कोभिड १९ ले प्रभाबले बिद्यालय संचालन हुन नसकिरहेको अबस्थामा भने बालबालिकाहरुले अन लाइन कक्षाको नाममा मोवाइल फोनको दुरुपयोग गरि फेसबुक ,टिक टोक जस्ता सफ्ट वेयर प्रयोग गरि बाल बिबाह मा फसिरहेका घटनाहरु धमाधम देखिन थालेको छ ।

अर्को पाटो सामाजिक एबम साँस्कृतिक मान्यता, लैंगिक विभेद , गरिबी, अशिक्षा संगै अभिभावकले सानै उमेरमा बाल बिबाह गरिदिने समस्या कोभिड-१९ को प्रमुख असर देखिन थालेको छ ।

प्रत्येक बर्ष बिशेष गरि बालिका (छात्रा) हरु झन्डै ८-१० जना सम्मको बालाबिबाह भैरहेको यथार्थ घटनाहरु देखिन्छ, कोरोना महामारी तथा लकड़ाउनको कारण बालबिबाह गरिसकेका बालबालिकाहरु आफ्नो आधारभूत अधिकारबाट बन्चित भै आफ्नो भविष्यको छनौट गर्ने अधिकार र सो सम्बन्धि निर्णय लिने प्रक्रियामा समेत सहभागी हुने अवसरबाट बन्चित छन् भने बालकहरु पारिवारिक झैँ-झगडा,चोरी डकैति जस्ता कार्यमा संलग्न हुन थालेका छ ।

बाल बिबाहकै कारण बैबाहिक जिबन दिगो नभएको ,परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु झेलिरहेको, लैंगिकहिंसा, बालश्रम, यौनजन्य हिंसा, मानशिकता गुमिरहेको, आत्महत्या जस्ता जल्दोबल्दो यथार्थ घटनाहरु स्थानीय तहमा घटिरहेको छ ।

जल्दोबल्दो यस सामाजिक समस्यालाई न्यूनीकरण गर्नको निमित स्थानीय सरोकारवाला व्यक्तिहरु लगाएत सम्पूर्ण शिक्षित् बर्गले बालबालिका र अभिभाबकहरुलाई बालाबिबाहले पार्ने असर र कानुनि कारबाहीको बारेमा जानकारी गराउन आबश्यक देखिन्छ ।

प्रत्येक बिद्यालयमा बालक्लब सक्रिय बनाउन आबश्यक रहेको छ, नेपालको संबिधानको धारा ३९को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बाल बिबाह, गैरकानुनि ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरि बालिकाको हकको रुपमा स्थापित गरेको छ ।

बालबिबाह न्युनिकरणको लागि संघ, प्रदेश, स्थानीय तिनै तहबाट महत्वपुर्ण भुमिका खेली, विभिन्न शिर्षकमा बजेट बिनियोजन गर्दै नयाँ सन्देशमुलक, सिपमुलक, रोजगार मुलक कार्यक्रम अगाडी बढाउन ज़रूरी छ ।

गाउँभरि हल्ला छ ,२० बर्ष पुगे पछी बिबाह गर्ने सल्लाह छ भन्ने संदेशमुलक नारा सबै किशोर किशोरीको मनमुटुमा बसालि सिर्जनशिल समाजको खाका कोर्न आबश्यकता देखिन्छ ।

२०७७ कार्तिक २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।